Comments Add Comment

काठमाडौं उपत्यकामा बिहान १० बजेसम्म पसल खोल्न पाइने

फाइल तस्वीर

२८ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा अब बिहान १० बजेसम्म उपभोग्य वस्तुको पसल खोल्न पाइने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य वस्तुको पसल १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

‘आम नागरिकले भौतिक दूरी काम गरेर किनमेल गर्ने गरी बिहान १० बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय भएको छ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने ।

यसअघि वैशाख २२ गतेदेखि २९ गतेसम्म बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी निषेधाज्ञाको आदेश जारी गरिएको थियो । मंगलबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।

निषेधाज्ञाको समयमा पार्टी प्यालेसमा विवाह, ब्रतबन्धजस्ता कार्य गर्न पनि नपाइने भएको छ । अब यस्ता कार्य थोरै व्यक्तिको सहभागितामा घरमै भेला भएर गर्न पराजुलीले आग्रह गरेका छन् ।

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालयको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment