Comments Add Comment

भारतीय भेरियन्टमा खोपले काम गरेको छ : अध्ययन

२९ वैशाख, काठमाडौं । भारतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकार (भेरियन्ट) बी.१.६१७ मा पनि कोरोना खोपले काम गरेको एक अध्ययनले देखाएको छ ।

भारत र बेलायती वैज्ञानिकले संयुक्त रुपमा गरेको अध्ययनमा उक्त भेरियन्टले खोपले शरीरमा विकास गरेको एन्टिबडीलाई छलेर संक्रमित भने बनाउन सक्ने पाइएको छ ।

भारतमा देखिएको उक्त भेरियन्टलाई डबल म्युटेन्ट भनिन्छ । किनकी यसमा कोरोनाको ई ४८४ क्यू र एल ४५२ आर भेरियन्ट देखिएको छ । यो अध्ययनका एक शोधकर्ता डा. अनुराग अग्रवालले भने, ‘हामीले अध्ययनको क्रममा यो भेरियन्टले आक्रमण गर्दा एन्टिबडीको बचाउने क्षमतामा कमी आएको पायौं तर यो प्रभावहीन भने छैन । खोप लगाएका मानिसमा पनि कोरोनाको संक्रमण देखिएको छ । तर खोप लगाएका कोही कसैमा पनि कोरोनाको गम्भीर लक्षण देखिएको छैन ।’

अनुसन्धानको क्रममा भारतीय भेरियन्ट प्रयोगशालामा गरिएको परीक्षणमा धेरै संक्रामक रहेको पाइएको थियो । भारतको दिल्लीस्थित एक अस्पतालमा कोरोनाबाट संक्रमित भएका र खोप लगाएका ३३ स्वास्थ्यकर्मीमध्ये करिब आधामा बी.१.६१७ भेरियन्ट देखिएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment