Comments Add Comment

स्रोत नखुलेको साढे ८२ लाख रुपैयाँसहित चारजना पक्राउ

२९ वैशाख, काठमाडौं । वीरगञ्जको आदर्शनगर चोकबाट स्रोत खुल्न नसकेको ८२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीनजना भारतीय नागरिक र एकजना नेपाली छन् ।

बाराको महागढी नगरपालिका-४ का १८ वर्षीय कलामुद्दिन अन्सारी, भारतको मोतिहारी जिल्ला रक्सौल-१८ का २७ वर्षीय विकास कुमार, रक्सौल-९ का २२ वर्षीय गुड्डु कुमार र  रक्सौल-५ का १८ वर्षीय साहिल गुप्ता पक्राउ परेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

वीरगञ्जस्थित पानीटंकीमा डेरा गरी बस्ने विकास कुमारसहितका व्यक्तिहरुले अवैध वित्तीय कारोवार (हुण्डी) गरिरहेको भन्ने सूचनाका आधारमा बुधबार दिउँसो १ बजे उनीहरु पक्राउ परेको उनले बताए ।

बाराका कलामुद्दिन अन्सारीले बोकेको झोला चेकजाँच गर्दा २५ लाख रुपैयाँ बरामद भएको र विकासकुमारको कोठा खानतलासी गर्दा दुई वटा झोला र दुई वटा हेल्मेटमा लुएकार राखेको अवस्थामा ५७ लाख ५० हजार बरामद भएको उनको भनाइ छ । प्रहरीले उनीहरुले प्रयोग गर्ने ना.८प.४८९७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

उनीहरुविरुद्ध बैंक तथा वित्तीय ऐन सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको पर्सा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment