News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग दुई वटा कसुरमा धरौटी माग गर्ने आदेश दिएको छ ।
- न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लिखत कीर्ते मुद्दामा ४ लाख र झुट्टा विवरण पेश गरेको मुद्दामा १५ हजार धरौटी माग गरेको हो ।
१९ जेठ, काठमाडौं । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग धरौटी माग गर्ने आदेश दिएको छ ।
जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले उनीविरुद्ध परेको रिट निवेदनमा सुनुवाइ गर्दै धरौटी माग गर्ने आदेश जारी गरेको अदादतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए ।
उनीविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको थियो । लिखत कीर्तेसम्बन्धी मुद्दामा ४ लाख र झुट्टा विवरण पेश गरेको मुद्दामा १५ हजार धरौटी माग भएको उनले बताए ।
८ जेठमा उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनीसहित अन्य तीन जनाविरुद्ध स्थानीय लियाकत अलीले जाहेरी दिएका थिए ।
मेयर सिंहले नक्कली कागजातको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाई नागरिकता जारी गराएको जाहेरी परेको थियो । सोही आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रतिक्रिया 4