+
+
Shares

वीरगञ्जमा भएको आक्रमणमा परेर प्रहरी जवानले गुमाए ज्यान

सफल खतिवडा सफल खतिवडा
२०८२ चैत २९ गते २२:१४

२९ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–९ मा आइतबार अपराह्न भएको आक्रमणमा एक प्रहरी जवानको ज्यान गएको छ ।

मृत्यु हुनेमा पर्साको कालिकामाई गाउँपालिका–१ मुड्ली निवासी २७ वर्षीय विकास चौरसिया रहेका छन् ।

सप्तरी दरबन्दी रहेका नेपाल प्रहरीमा कार्यरत रहेका चौरसिया हाल बिदामा घर आएका २७ वर्षीय प्रहरी जवान रहेका छन् । पर्सा प्रहरीका अनुसार उनलाई केही युवकहरूको समूहले लक्षित गरी आक्रमण गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार आक्रमण कारीहरूले धारिलो हतियार प्रयोग गर्दै निर्घात कुटपिट गरेका थिए ।

सूचना पाउनासाथ पुगेको प्रहरी टोलीले अचेत अवस्थामा रहेका चौरसियालाई तत्काल अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

रौतहट घर भएका एक परिवारले डेरा लिएर बसेको कोठामा सामान्य विवादबाट सुरु भएको झगडा उग्र बन्दै जाँदा कुटपिटबाट चौरसियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न चार जनालाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्न रहेको आरोपमा तीन पुरुष र एक महिलालाई प्रहरीले नियन्त्रणमा छन् । मृतकको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ ।

प्रहरीले घटनाको कारण र संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको बताएको छ ।

लेखक
सफल खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?