+
+
Shares

वीरगञ्जबाट निस्कने ट्रकबाट ‘ढाट’ रकम नउठाउन सांसद पन्तको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २८ गते १९:३९

२८ चैत, काठमाडौं । पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले एकीकृत जाँच चौकी वीरगञ्जबाट निस्कने मालबाहक ट्रकहरूबाट उठाइँदै आएको ‘ढाट’ रकम तत्काल रोक्न निर्देशन दिएका छन् ।

सांसद पन्तले प्रमुख जिल्ला अधिकारी भोला दहालसँग समन्वय गरी दिनमा बन्द राख्ने र राति पुन: खोल्ने गरिएको पाएकाले तुरुन्तै बन्द गर्न निर्देशन दिएका हुन् ।

मालबाहक ट्रकहरूबाट ‘ढाट’ नामक रकम रोक्न केन्द्रबाट पटक–पटक निर्देशन पनि आएको थियो ।

उक्त विषय कार्यान्वयन नभएपछि सांसद पन्तले पुन: आपत्ति जनाएका हुन् ।

सांसद पन्तले कानुन विपरीत कुनै पनि शीर्षकमा कर वा शुल्क उठाउन नपाइने स्पष्ट पारे । उनका अनुसार, भन्सार कार्यालयबाट बाहिरीने मालबाहक बाहनबाट ‘ढाट’ को नाममा विभिन्न स्थानमा घुम्ती राखेर उठाइँदै आएको रकमलाई संघीय र स्थानीय तह दुवैबाट कर लगाउने अधिकार छैन ।

व्यवसायीहरूले लामो समयदेखि यस विषयमा गुनासो गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?