+
+
Shares

सांसद पन्तको गुनासो- वीरगञ्जलाई सधैं उपेक्षामा पारियो

वीरगञ्जले सधैं राज्यलाई राजस्व र कर दिन मात्रै अगाडि रहेको स्मरण गराउँदै सांसद पन्तले तर राज्यबाट विकास निर्माणका बजेट पाउन सधैं पछाडि पारिएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १५:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका सांसद हरि पन्तले वीरगञ्जस्थित नारायणी रङ्गशाला र नारायणी अस्पताललाई आगामी बजेटमा प्राथमिकता दिन माग गरेका छन् ।
  • सांसद पन्तले वीरगञ्जको सानोपाइला सहकारीका बचतकर्ताहरूको बचत रकम फिर्ता गर्ने प्रक्रिया यथाशीघ्र शुरू गर्न सरकारसँग माग गरे ।
  • वीरगञ्जको सडक विस्तारका क्रममा उठिबास लागेका नागरिकको समस्यालाई बागमती किनारको बस्तीजस्तो नठान्न उनले सरकारको ध्यानाकर्षण गराए ।

१२ जेठ, काठमाडौं । रास्वपाका सांसद हरि (बुद्धिबहादुर) पन्तले आगामी बजेटमा वीरगञ्जस्थित नारायणी रंगशाला र नारायणी अस्पतालका लागि प्राथमिकतामा राख्न माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद पन्तले समग्र मुलुककै झन्डै आधा राजस्वको भार थेग्ने मधेश प्रदेशको एक मात्रै शहर वीरगञ्ज अघिल्ला सरकारहरूबाट सधैं उपेक्षितमा पर्ने गरेको बताए ।

वीरगञ्जले सधैं राज्यलाई राजस्व र कर दिन मात्रै अगाडि रहेको स्मरण गराउँदै सांसद पन्तले तर राज्यबाट विकास निर्माणका बजेट पाउन सधैं पछाडि पारिएको बताए ।

उनले भने, ‘सभामुख महोदय यसपालीको बजेटमा दशरथ रंगशाला पछिकै ठूलो वीरगञ्जको नारायणी रंगशाला र वीर अस्पतालभन्दा केही वर्ष मात्रै कान्छो नारायणी अस्पताललाई प्राथमिकता दिइयोस् ।’

सांसद पन्तले वीरगञ्जस्थित सानोपाइला सहकारीका बचतकर्ताहरूको रकम फिर्ता प्रक्रिया यथाशीघ्र सुरु गर्न पनि सरकारसँग माग गरे ।

गण्डकदेखि वीरगञ्ज भन्सारसम्मको करिब ५ किलोमिटर सडक खण्डको दुवै तिर सयौं बर्ष अघि बसेको मुख्य बजारका करिब १ हजार २०० घरहरू डेढ महिना अघि छोटो सूचना र बिना योजना  डोजर  लगाएर भत्काइँदा त्यहाँ धेरै अन्योलता सिर्जना भएको  भन्दै त्यसको समाधान यथाशीघ्र गर्न सरकारसँग माग गरे ।

सांसद पन्तले मेनरोडका सयौं मानिसहरू घरबारविहीन भएको भन्दै उनले वीरगञ्जको घटनालाई बागमती किनारको बस्तीको नजरले हेर्न नहुने भन्दै सरकारको ध्यानाकर्षण समेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?