News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले 'लुसिफर राइजिङ' नाटक बन्द गराएको विषयमा चासो व्यक्त गरेका छन् ।
- कार्कीले "निर्बाध कलाकारिता, स्वतन्त्र पत्रकारिता लगायत विषय लोकतन्त्रका अभिन्न अंग हुन्" भन्दै नाटकका निर्देशकलाई सम्पर्कमा आउन आग्रह गरेका छन् ।
- उनले नाटक बन्द गराउन धम्की दिने जो कोही भए पनि त्यसको जानकारी दिएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् ।
११ जेठ, काठमाडौ् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले निर्बाध कलाकारिता, स्वतन्त्र पत्रकारिता लोकतन्त्रका अभिन्न अंग भएको बताएका छन् ।
संघीय संसद् अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति समेत रहेका कार्कीले यस्तो बताएका हुन् ।
‘लुसिफर राइजिङ नाटक राजनीतिक कारण र सुरक्षा भन्दै बन्द गराएकोबारेमा मेरो चासो छ,’ उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘सरकार र पार्टीसँग बुझ्दा त्यो नाटक चल्न नपाउने भन्ने सोचाइ नै नभएको पाएको छु । कसले धम्की दिएको भन्ने बारेमा बुझ्न खोज्दा सो नाटकका निर्देशकसँग सम्पर्क हुन सकेको छैन । थप बुझ्ने क्रममा छु ।’
यहाँनेर उनले निर्बाध कलाकारिता, स्वतन्त्र पत्रकारिता लोकतन्त्रका अभिन्न अंग भएको बताएका हुन् ।
‘निर्बाध कलाकारिता, स्वतन्त्र पत्रकारिता लगायत विषय लोकतन्त्रका अभिन्न अंग हुन्,’ उनी लेख्छन्, ‘यसमा सीमा लगाउने कुरा यो सरकारले सोचेको छैन भन्ने प्रमाण भर्खरै भएको सेन्सर बोर्डमा भएको परिवर्तनबाट पनि बुझ्न सकिन्छ । हाल भएको निर्णयअनुसार फिल्ममा अब यो सिन काट् र त्यो फेर् भनिदैन, कुन दर्शकले हेर्न मिल्ने कि नमिल्ने चै छुट्याइन्छ ।’
यसैले सो नाटकका निर्देशकलाई सम्पर्कमा आउन तथा धम्की दिने जो कोही भएपनि जानकारी दिएर अनुसन्धानमा सहयोग गर्न उनको आग्रह आग्रह छ ।
प्रतिक्रिया 4