+
+
Shares

रास्वापाकै सांसद भन्छन् – झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी होइन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते ८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी नभएको बताएका छन्।
  • कार्कीले संविधानको मर्म पालना नगरी अक्षरमा आधारित अध्यादेश ल्याउनु गलत भएको उल्लेख गरेका छन्।
  • उनले विपक्षी दलले अध्यादेश ल्याउँदा प्रश्न उठाएको स्मरण गर्दै अहिले आफ्नै सरकारमा पनि प्रश्न उठाइरहेको बताएका छन्।

१६ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले सरकारको आलोचना गरेका छन् ।

संसद छलेर अध्यादेश ल्याएपछि कार्कीले आफ्नै दलकै सरकारको आलोचना गरेका हुन् । झन्डै दुई तिहाईको सरकारले अध्यादेश ल्याउनु बहादुर नभएको उनको टिप्पणी छ ।

‘झन्डै दुई तिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरूनै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन’, उनले भनेका छन् ।

अध्यादेश सधैं संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै आउने बताउँदै उनले संविधानको मर्मको भने पालना नभएको बताएका छन् ।

‘यसपटक पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित छ, संविधानको मर्ममा होइन’, उनले भनेका छन्, ‘संविधान अक्षरले बाँच्ने दस्तावेज होइन, मर्मको पालनाले जीवन्त रहने हो । संविधानका अक्षरले संविधानको मर्मलाई सीमित नगरोस् ।’

उनले हालका विपक्षी दलले यसअघि अध्यादेश ल्याउँदा आफूले प्रश्न उठाएको स्मरण गर्दै अहिले आफ्नै सरकार हुँदा पनि ती प्रश्नहरु उठाइरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?