News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले प्रतिनिधिसभाको बैठकमा भूमिको समस्यालाई एक नम्बरमा राखेर काम गर्नुपर्ने बताएका छन्।
- कार्कीले २०३५ सालमा १७ वर्षकी एक आमाको पाँच पुस्तासम्म भूमिको समस्या समाधान नभएको उदाहरण प्रस्तुत गरेका छन्।
- उनले देशभर भूमिको समस्या व्यापक रहेको र त्यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
२४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले भूमिको समस्यालाई एक नम्बरमा राखेर काम गर्नुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘एक जना आमा हुनुहुन्छ । २०३५ सालमा १७ वर्षको हुँदा हजुरबबुा, बुवा र आमासँगै मोरङ ३ मा झर्नुभएको । धनीपुर्जा आउला भन्दा भन्दै उहाँको हजुरबुबा, बुबा र आमा बितिसक्नुभयो । अहिले उहाँको पनातिनी छन्’ कार्कीले भने ।
पाँच पुस्तासम्म पनि भूमिको समस्या समाधान हुन नसकेको र अन्यत्र पनि यस्तो समस्या रहेको भनेर उनले भनेका छन्, ‘भूमिको समस्यालाई एक नम्बरमा राखौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4