+
+
Shares

‘थुन्ने अनि सुन्ने नीति’ प्रति रास्वपाकै सांसदले उठाए प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा सांसद मधु कुमार चौलागाईंले पहिले थुन्ने र पछि सुन्ने नीति गलत रहेको बताए ।
  • उनले पक्राउ गर्नुअघि प्रमाण संकलन गर्नुपर्नेमा जोड दिँदै "थुन्ने अनि सुन्ने होइन । सुन्ने अनि थुन्ने हो" भने ।
  • प्रमाणविना थुन्दा नागरिकको सामाजिक रूपमा बेइज्जती हुने उल्लेख गर्दै उनले त्यसको क्षतिपूर्ति कसले व्यहोर्ने भनी प्रश्न गरे ।

१० जेठ, काठमाडौं । कुनै पन विषयमा प्राप्त उजुरीका आधारमा पहिले थुन्ने अनि मात्रै सुन्ने नीति उचित नरहेको भनेर संसदीय समितिमा प्रश्न उठेको छ । यस्तो प्रश्न राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद मधु कुमार चौलागाईंले उठाएका हुन् ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले ‘गुनासोका जाहेरी दर्ता नहुने भन्ने विषय अलि बढी बाहिर सुन्ने गरिएको’ बताए ।

‘यो जाहेरी, पक्राउ, अनुसन्धान र अभियोजन भन्ने विषयमा हामीले काहँ कतै यसको सुरुवात नै गलत ढंगले गर्छौं कि जस्तो लाग्छ’ उनले भने, ‘ कसैले जाहेरी दिन्छ । जाहेरी दिए पछाडि हामी के गर्छौं ? सबभन्दा पहिला त्यसको वास्तविकता के हो बुझ्दैनौं मान्छे पक्राउ गर्छौं ।’

उदाहरणका रुपमा उनले पछिल्लो समय शैक्षिक परामर्श केन्द्रका सञ्चालकहरू पक्राउ परेको विषय प्रस्तुत गरे ।

‘म हिजो अस्तिको मात्रै एउटा घटना भन्छु ।  ६९ जना मान्छे, हामीले एजुकेशन कन्सल्टेंसीहरुका संचालकलाई पक्राउ गर्‍यौं । शुक्रबार पक्राउ गर्‍यौं । शुक्रबार पक्राउ गरेसी शुक्रबार देखि सोमबार सम्म ति मान्छेहरु थुनामा बस्नु पर्ने परिस्थिति सिर्जना भयो’ उनले भने ।

यहाँनेर उनले सूचना वा उजुरी पर्ने वित्तिकै पक्राउ पर्ने प्रवृतिको व्याख्या गरेका हुन् ।

‘सब भन्दा पहिला कसैले सूचना दिन्छ या जाहेरी दिन्छ भने प्रमाण संकलन गर्नु पर्‍यो पक्राउ गर्नु भन्दा पहिला । थुन्ने अनि सुन्ने होइन । सुन्ने अनि थुन्ने हो’ उनले दोहोर्‍याएका छन्, ‘पहिला सुन अनि थुन हो । पहिला प्रमाण संकलन गरेर मात्रै पक्राउ गर्नु पर्‍यो ।’

यदि प्रमाण संकलन गरेर पक्राउ गरिएको अवस्था हुन्थ्यो भने शैक्षिक परामर्श केन्द्रका सञ्चालकहरू पक्राउ पर्ने र पछि रिहा हुने अवस्था नआउन सक्ने उनले बताए ।

प्रमाण संकलन नगरी थुन्दा पक्राउ पर्नेहरूको सामाजिक रुपमा बेइज्जती हुने उल्लेख गर्दै उनले प्रश्न गरे, ‘त्यसको क्षतिपूर्ति कसले गर्ने ?  त्यसकारणले पहिला जाहेरी कुन ढंगले आएको छ, त्यो जाहेरीसँग सम्बद्ध प्रमाणहरु छ कि छैनन्, त्यो हेर्नुपर्‍यो ।’

यसो गर्दा मुद्दा पनि फितलो नहुने उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?