News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अरविन्द साहले प्रतिनिधिसभामा किसान पेन्सन योजना लागू गर्न माग गरेका छन् ।
- सांसद साहले रासायनिक मलको उपलब्धता, सिंचाइ सुविधा र कृषिमा विद्युतीकरणका लागि बजेट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।
- उनले बैठकमा ‘कृषि बीमा लगायत मलखाद्यको सुनिश्चितता गरियोस् । साथै, किसान पेन्सन योजना पनि लागू गरियोस् ।’ भनी माग गरे ।
१२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अरविन्द साहले किसान पेन्सन योजनाको खोजी गरेका छन् ।
सोमबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले यसको खोजी गरेका हुन् ।
सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकिसकेको छ । यसका साथै अब रासायनिक मलको उपलब्धताको लागि काम गर्नुपर्ने उनको आग्रह छ । सिंचाइ सुविधा नपुगेका ठाउँमा सेवा पुर्याउन सरकारले बजेट ल्याउनुपर्ने माग राखेका छन् ।
कृषिमा विधुतीकरण हुन बाँकी रहेको विषय पनि उनले बताए ।
यी पृष्ठभूमि राख्दै उनले किसानको पीडा सरकारले ख्याल गर्न सक्नुपर्ने बताएका हुन् । उनले भनेका छन्, ‘कृषि बीमा लगायत मलखाद्यको सुनिश्चितता गरियोस् । साथै, किसान पेन्सन योजना पनि लागू गरियोस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4