+
+
Shares

स्नो रिभर्सको आईपीओ बाँडफाँट

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १२:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्नो रिभर्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) मंगलबार बिक्री प्रबन्धक सानिमा क्यापिटलमार्फत बाँडफाँट भएको छ ।
  • कुल २५ लाख २७ हजार ८५५ सदर आवेदकमध्ये गोलाप्रथाद्वारा ७७ हजार ८१२ जनाले सेयर प्राप्त गरेका छन् ।
  • यस कम्पनीले ताप्लेजुङमा १३.५ मेगावाट क्षमताको ‘सुपर काबेली खोला ए जलविद्युत आयोजना’ सञ्चालन गरेको छ ।

१२ जेठ, काठमाडौं । स्नो रिभर्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) मंगलबार बाँडफाँट भएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो ।

वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारणका लागि सो कम्पनीको आईपीओ खुलेको थियो ।

आईपीओमा २५ लाख २७ हजार ८५५ आवेदन सदर भएका थिए । सदर आवेदनमाझ गोलाप्रथा गरी ७७ हजार ८१२ जनालाई सेयर दिइएको छ । तीमध्ये ५ आवेदकले ११ कित्ता तथा बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् ।

५ जना आवेदकले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

कम्पनीले आम सर्वसाधारणका लागि ७ लाख ७८ हजार १२५ कित्ता सेयर खुलाएको थियो । कम्पनीले ताप्लेजुङमा १३.५ मेगावाट क्षमताको ‘सुपर काबेली खोला ए जलविद्युत आयोजना’ सञ्चालन गरेको छ ।

गत पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार प्रतिसेयर नेटवर्थ १०७. ४६ रुपैयाँ छ । प्रतिसेयर आम्दानी ४.९८ रुपैयाँ छ । संचित नाफा ५ करोड ५९ लाख रुपैयाँ छ ।

कम्पनीले सञ्चालन गरेको आयोजनाको लागत प्रतिमेगावाट २० करोड १४ लाख रुपैयाँ छ । कुल लागत २ अर्ब ७१ करोड रुपैयाँ छ । आयोजनाको साधारण लगानी फिर्ता अवधि ८.१७ वर्ष रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?