+
+
Shares

याम्बालिङ हाइड्रोपावरको आईपीओ बाँडफाँट

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १२:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • याम्बालिङ हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) बुधबार बाँडफाँट भएको छ।
  • कम्पनीले १७ लाख ४३ हजार कित्ता सेयर निष्कासन गरेकोमा २९ लाख ८२ हजार ४९८ जनाले आवेदन दिएका थिए।
  • १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले सेयर पाएका छन् र नतिजा सीडीएससीको वेबसाइटमा हेर्न सकिनेछ।

३० वैशाख, काठमाडौं । बुधबार याम्बालिङ हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो ।

गत वैशाख १६ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १७ लाख ४३ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । सो सेयरमा २९ लाख ८२ हजार ४९८ जनाले आवेदन दिएका थिए ।

जसमध्ये २९ लाख ३८ हजार ८२ आवेदन स्वीकृत भएका थिए । धितोपत्र दर्ता तथा निष्कासन नियमावली अनुसार गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरिएको छ । जसअनुसार १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

आईपीओको नतिजा सीडीएससीको वेबसाइटबाट हेर्न सकिनेछ ।

कम्पनीले सञ्चालन गरेको ७.२७ मेगावाटको याम्बालिङ खोला जलविद्युत् आयोजनाको प्रतिमेगावाट लागत २५ करोड ७३ लाख रुपैयाँ छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १०.७६ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १९.८७ वर्ष रहेको छ।

पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार यस कम्पनीको प्रतिसेयर आम्दानी ६.०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ८ पैसा छ । २ करोड ५५ लाख रुपैयाँ सञ्चित नाफा रहेको कम्पनीले जनाएको छ ।  केयर रेटिङ नेपालले कम्पनीलाई बीबी माइनस रेटिङ प्रदान गरेको छ। जसले कम्पनी दायित्व वहनमा मध्यम अवस्थामा रहेको जनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?