+
+
Shares

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट, ४ लाख ५० हजारले पाए सेयर

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २९ गते ११:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाल्पा सिमेन्ट इन्डस्ट्रिज कम्पनीले फागुन १२ देखि १५ गतेसम्म निष्कासन गरेको ४५ लाख कित्ता आईपीओको बाँडफाँट नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ।
  • कुल २४ लाख १३ हजार ५१७ जनाले आवेदन दिएका मध्ये ४ लाख ५० हजार आवेदकले मात्र १० कित्ताका दरले सेयर पाएका छन्।
  • कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ९ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको र वार्षिक प्रतिसेयर आम्दानी ३.२४ रुपैयाँ रहेको छ।

२९ फागुन, काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिज कम्पनीले सर्वसाधारणलाई यसअघि निष्कासन गरेको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले एक औपचारिक कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले फागुन १२ गतेदेखि १५ गतेसम्म अंकित मूल्य १ सयका दरले ४५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको थियो। बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्टका अनुसार सो सेयरमा कुल २४ लाख १३ हजार ५१७ जनाले आवेदन दिएका थिए ।

जसमध्ये २३ लाख ७६ हजार ७०५ आवेदन मात्रै स्वीकृत भएका थिए भने बाँकी आवेदन रद्द भएका थिए । मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट आईपीओ बाँडफाँट भएको छ । कुल ४ लाख ५० हजार आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर पाएका छन् । बाँकी १९ लाख २६ हजार ७०५ आवेदकको हात रित्तो भएको छ ।

आईपीओको नतिजा केही बेरपछि सीडीएससीको वेबसाइटमार्फत हेर्न सकिने छ ।

तानसेन ब्रान्डमा ओपीसी, पीपीसी तथा पीएससी सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको यो कम्पनीले भारतमा निर्यात समेत गर्ने गरेको छ । दैनिक १ हजार ८ सय टन क्लिंकर र २ हजार २ सय टन सिमेन्ट उत्पादन गर्ने क्षमता राख्दछ । नवलपरासीको सुनवलमा फ्याक्ट्री सञ्चालनमा छ ।

कम्पनीको वित्तीय स्थिति मध्यम छ । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ९ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै २०८०/८१ मा ६ करोड ९८ लाख, २०७९/८० मा ३ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

२०८१/८२ मा वार्षिक प्रतिसेयर आम्दानी ३.२४ रुपैयाँ रहेको छ । कम्पनीको बिक्री आम्दानी तथा वित्तीय लागतले नाफालाई प्रभाव पार्दै आएको देखिन्छ ।

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको प्रतिसेयर नेटवर्थ (पुनर्मूल्यांकन कोषबाहेक) ११९ रुपैयाँ छ । पुनर्मूल्यांकनसहित १३५ रुपैयाँ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?