१६ साउन, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा लगाएको निषेधाज्ञा हटाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालका अनुसार शनिबारदेखि निषेधाज्ञा हटाइएको हो । वीरगञ्जमा बिहीबार(१४ गते) साँझ ५ देखि बिहान ६ बजेसम्म लागु हुनेगरी निषेधाज्ञा लगाइएको थियो ।
सीडीओ दाहालले वीरगञ्जमा पछिल्ला दिनमा देखिएको जुलुस तथा हुलदङ्गा सामान्य बन्दैगएपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको जानकारी दिए ।
सिरहाको गोलबजार घटनाका पीडित परिवार र सरकारबीच आठ बुँदे सहमति भएपछि मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढेसँगै केही दिनदेखि आन्दोलनरत हिन्दू समाज तथा विभिन्न हिन्दूवादी सङ्घसंस्थाहरूले आफ्ना सबै विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन् ।
आन्दोलन स्थगित भएसँगै वीरगञ्ज तथा आसपासका क्षेत्रको जनजीवन, बजार, उद्योगधन्दा र यातायात सेवा पुन: नियमित बन्दै गएको छ । –रासस
प्रतिक्रिया 4