+
+
Shares

अक्सिजन सिलिण्डर आयात गर्न डलर सटहीमा लाग्ने सीमा हट्यो

रोयल आचार्य रोयल आचार्य
२०७८ वैशाख ३० गते १५:०४

३० वैशाख, काठमाडौं । अक्सिजनजन्य स्वास्थ्य सम्बन्धी महत्वपूर्ण सामग्री आयातका लागि डलर सटही सुविधाको सीमा नलाग्ने भएको छ । कोरोना महामारीको त्रास बढ्दै गएको र अक्सिजनको समेत अभाव देखिएको भन्दै नेपाल राष्ट्र बैंकले डलर सटहीमा लाग्ने सीमा हटाइदिएको हो ।

अहिले प्रतितपत्र (एलसी) विना ड्राफ्ट/टीटीको माध्यमबाट हुने वस्तु आयातका लागि सटही सुविधा बढीमा एक पटकमा अमेरिकी डलर ३५ हजार वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्मका लागि मात्र प्रदान हुने व्यवस्था रहेको छ ।

अक्सिजन सिलिण्डर, अक्सिजन ट्यांकी, अक्सिजन जेनेरेटर लगायत अक्सिजनका अन्य सामग्रीहरु आयात गर्दा असार मसान्तसम्म उल्लिखित व्यवस्था अनिवार्य नहुने राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले जानकारी दिए ।

यसले अक्सिजन लगायतका जीवनाेपयोगी सामग्री चाँडो भन्दा चाँडो आयात गर्न सहज हुने उनले बताए ।

‘अक्सिजन सिलिण्डर अभाव भएर मान्छेको ज्यान जाने परिस्थिति सिर्जना हुन लागेको छ, एलसी खोल्ने लगायतका अन्य प्रक्रियाहरु पुर्‍याउन यस्तो बेलामा गाह्रो हुन्छ’ डेपुटी गभर्नर मिश्रले भने, ‘यसकारण हामीले सहजताका लागि यो निर्णय गरेका हौं ।’

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?