+
+
Shares

संक्रमितका लागि अक्सिजन खरिद गर्न अस्पताललाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३० गते १६:०७

३० वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पताललाई अक्सिजन खरीदका लागि आर्थिक सहयोग गरिएको छ ।

प्रदेशको अस्थायी राजधानी धनगढीका व्यवसायीद्वय गोपाल हमाल र देवेन्द्र हमालले कोरोना संक्रमितका लागि अक्सिजन खरिद गर्न सेती प्रादेशिक अस्पताललाई बिहीबार दिउँसो ३ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

सुन्दर सुदूरपश्चिमका अभियान्ता समेत रहेका गोपाल हमालले अस्पतालमै पुगेर प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेलाई सहयोग वापत दिइएको ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका हमालले कोरोना भाइरसको संक्रमण रोकथाम गर्न र संक्रमितको ज्यान जोगाउन सरकारको भर नपरेर आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न अपिल समेत गरेका छन् ।

‘अब सरकारको भर नपरौं। आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं,’ हमालले भने, ‘जसले जहाँबाट जे सक्छ, त्यहाँबाटै सहयोग गर्ने हो भन्ने सोचले नै हामीले आफूबाट सुरुवात गरेका हौं।’

सेती प्रादेशिक अस्पतालले आपतकालीन परस्थितीमा अक्सिजनको व्यवस्थापनका लागि हमाल दाजुभाइले रकम सहयोग गरेको सार्वजनिक गर्दै संक्रमितको उपचारमा मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।

गम्भीर कोरोना सक्रमित बढ्दै जान थालेपछि अक्सिजन व्यवस्थापनमा समस्या हुन थालेको छ । अहिले प्रादेशिक अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट, धनगढीकै मालिका ग्यास उद्योग र नेपालगञ्जबाट खरिद गरेर अक्सिजन आपुर्ति गरिरहेको अस्पतालले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?