
३० वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा अपरान्ह ५ बजे बैठक बोलाइएको नेता हरिबोल गजुरेलले जानकारी दिए ।
पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समय बिहीबार राति ९ बजे सकिँदैछ । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसलगायतका दलसँग मिलेर नयाँ सरकार बनाउने तयारी गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4