Comments Add Comment

मेरो उम्मेदवारीमा पुनर्विचार हुँदैन : खिमलाल देवकोटा

३१ वैशाख, काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनका उम्मेदवार डा. खिमलाल देवकोटाले आफ्नो उम्मेदवारीमा पुनर्विचार गर्ने कुरा कल्पना भन्दा बाहिरको विषय भएको बताएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल पक्षको समर्थनमा उम्मेदवारी दिएका उनले बिहीबार एमाले अध्यक्ष ओली र नेता माधवकुमार नेपालबीच सकारात्मक छलफल भए पनि आफ्नो उम्मेदवारी कायमै रहने बताएका हुन् ।

एमालेको माधव नेपाल पक्षका उनले काँग्रेस, माओवादी केन्द्र र जसपा लगायतको समर्थन रहेकाले उम्मेदवारमीमा पुनर्विचार हुन नसक्ने बताएका हुन् ।

‘निष्ठा र इमान्दारिताको राजनीतिप्रति मेरो गहिरो लगाव छ । राजनीतिक दलहरुले म प्रति गर्नुभएको विश्वास र भरोसाप्रति उच्च सम्मान व्यक्त गर्दछु । संविधानप्रदत्त स्थानीय र प्रदेशका अधिकारहरु विना व्यवधान कार्यान्वयन हुनुपर्दछ भन्ने मान्यतामा म दृढ छु । मेरो उम्मेदवारी पनि यही विचारबाट अभिप्रेरित छ’ उनले फेसबुकमा लेखेका छन् ।

वाग्मती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट रामबहादुर थापा बादल र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले पनि उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment