+
+
Shares

अध्यागमनको सेवा तीन बजेसम्म मात्र

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३१ गते १५:४६

३१ वैशाख, काठमाडौं । अध्यागमन विभागको सेवा अब दिउँसो तीन बजेसम्म मात्र संचालन हुने भएको छ । विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै कोरोना महामारीका बीच सेवा प्रवाहको समय तय गरेको जनाएको छ ।

अब विभाग आइतबारबाट बिहीबार १० बजेबाट ३ बजेसम्म मात्र खुल्नेछ । शुक्रबार भने १० बजेबाट २ बजेसम्म मात्र कार्यालय खुल्ने गरि समय तोकिएको छ ।

विभागको सेवा भने निरन्तर जारी रहेको समेत जनाइएको छ । सरकारले कोरोना महामारी नियन्त्रण गर्न उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?