Comments Add Comment

गण्डकी प्रदेशमा एकैदिन थप २३ जना संक्रमितको मृत्यु

३१ वैशाख, पोखरा । गण्डकीमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । गण्डकीका विभिन्न जिल्लाका पोखरामा उपचाररत १९ जनाको मृत्यु भएको हो भने बाँकी ४ जनाको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

योसँगै गण्डकीमा वैशाख महीनामा मात्र १३४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म गण्डकीमा मृत्यु हुनेको संख्या ३४१ पुगेको छ । पोखरा–१५ की ४५ वर्षीय महिलाको फिस्टेल अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको छ । उनलाई २६ गते कोरोना संक्रमण देखिएर अस्पताल भर्ना गरिएको थियो ।

वैशाख २६ गते चरक मेमोरियलमा भर्ना भएका कास्की–४ का ८२ वर्षीय संक्रमित पुरूषको बिहान मृत्यु भएको छ । यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा–१३ का ६० वर्षीय संक्रमित पुरूष, पोखरा-२८ कै ४८ वर्षीया महिलाको मृत्‍यु भएको छ ।

यस्तै गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा-३३ का ४० वर्षीय पुरुषको मृत्‍यु भएको छ भने पोखरा-१७ का ३१ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा ज्यान गएको छ ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत तानसेन नगरपालिका–३ की ७७ वषीय महिला, पोखरा-२३ का ७६ वर्षीय पुरुष, पोखरा–१७ का ६३ वर्षीय पुरुष, कास्की–२५ का ४२ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

यस्तै रुपा गाउँपालिका-१ का ६६ वर्षीय पुरुष, स्याङ्जा पुतलीबजार नगरपालिका–६ का ३३ वर्षीय पुरुष, आँधीखोला गाउँपालिका–३ स्याङ्जाका ५१ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा ज्यान भएको छ ।

यस्तै स्याङ्जा गल्याङ नगरपालिका–३ का २६ वर्षीय पुरुषको ज्यान गएको छ । बागलुङ बडिगाड गाउँपालिका–४ का ४० वर्षीय पुरुष, बागलुङ नगरपालिकाका ३९ वर्षीय पुरुष, बागलुङ–७ का ६३ वर्षीय पुरुषको धौलागिरि अस्पतालमा उपचारको क्रममा ज्यान गएको छ ।

यस्तै तनहुँ भिमाद नगरपालिका–६ का ४४ वर्षीय पुरुष, शुक्लागण्डकी–६ का ४८ वर्षीय पुरुष र म्याग्दे गाउँपालिका–३ का ५१ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्‍यु भएको छ ।

कोरोना संक्रमण शुरु भएयता गण्डकीमा एकै दिन यति धेरै मृत्यु भएको यो पहिलो पटक हो । यसअघि सबैभन्दा बढी १६ जनाको ज्यान गएको थियो । गण्डकी प्रदेशमा शुक्रबार ६८० संक्रमित थपिएका छन् ।

अहिलेसम्म सबैभन्दा बढी कोरोना संक्रमणबाट कास्की जिल्ला प्रभावित छ । गण्डकीमा कुल सक्रिय संक्रमितको संख्या ७ हजार २५७ पुग्दा कास्कीमा मात्र ३ हजार ६३० छन् । कास्कीमा मृत्यु हुनेको संख्या १८५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment