+
+
Shares

वीरगञ्जमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३१ गते २१:०१

३१ वैशाख, वीरगञ्ज । वीरगञ्जका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

नारायणी अस्पतालमा ८, नेशनल मेडिकलले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पताल, प्रभु अस्पताल र स्पर्श मल्टी स्पेस्यालीटी हस्पिटलमा १र१ जनाको मृत्यु भएको हो ।

मृतकमध्ये पर्साका ७ जना, बाराका ३ जना र रौतहटका १ जना छन् ।

नारायणी अस्पतालमा रौतहटको गढीमाई नगरपालिका–५ का ४८ वर्षीय पुरुष, वीरगञ्ज–१६ नगवाका ८५ वर्षीया महिला, बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७ कि ५० वर्षीया महिला, पर्साको बहुदरमाई नगरपालिका–४ डकैला बहुअरीका ५० वर्षीया महिलाको मृत्यु भएको छ ।

त्यस्तै एक ६५ वर्षीय पुरुष, वीरगञ्ज– १५ का ५९ वर्षीय पुरुष, पर्साको सखुवाप्रसौनी गाउँपालिकाका– २ का ३८ वर्षीय पुरुष र बाराको कलैया उपमहानगरपालिका– १७ ब्रम्हपुरीका ३४ बर्षिया महिलाको पनि नारायणी अस्पतालमा मृत्यु भएको छ ।

त्यस्तै नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा जीतपुर सिमरा–४ बस्ने ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । वीरगञ्ज–१० बस्ने ४६ वर्षीय पुरुषको प्रभु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

स्पर्श मल्टी स्पेस्यालिटी हस्पिटलमा वीरगञ्ज–१३ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?