+
+

बढी भाडा लिएको आरोपमा वीरगञ्जबाट दुईजना एम्बुलेन्स चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १ गते २०:०३

१ जेठ, वीरगञ्ज । बढी भाडा लिएको आरोपमा प्रहरीले वीरगञ्जबाट दुई जना एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ । पर्साको बहुदरमाई नगरपालिका–९ का ३५ वर्षीय कमरुद्दिन रायभर र विन्दवासिनी गाउँपालिका–१ बस्ने २२ वर्षीय विरबल मुखिया पक्राउ परेका हुन् । उनीहरुले चलाउने गरेको ना २ च. ३२५६ र ना ३ च ८१९९ नम्बरको दुईवटा एम्बुलेन्स पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्सामा सञ्चालनमा रहेका कतिपय एम्बुलेन्स चालकहरूले कोभिड–१९ संक्रमणकोे विषम परिस्थितिको फाइदा उठाउने मनसायले संक्रमित व्यक्ति तथा संक्रमणबाट मृत्यु भएका व्यक्तिका आफन्तहरूबाट मनोमानी भाडा लिइरहेको गुनासो प्रहरीमा आएको थियो । त्यसै सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१५ स्थित नेशनल मेडिकल कलेज बाहिरको सडकबाट उनीहरुलाई शुक्रबार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

‘एकजनाले काठमाडौंसम्मको भाडा १२ हजार लिनुपर्नेमा ४० हजार लिएको रहेछ, अर्कोले पर्साको मनवा बजारसम्मको भाडा ३५ सय लिनुपर्नेमा डबल मागेको रहेछ,’ उनले भने, ‘एम्बुलेन्सको भाडा दर तोकिएकै हुन्छ, यस्तो महामारीमा सहुलियतमा सेवा दिनुपर्नेमा उल्टै बढी पैसा लिएछन्, त्यसैले पक्राउ गरेका हौं ।’

उनीहरुलाई कालोबजारी सम्बन्धी कसूरमा मुद्दा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?