+
+
Shares

सूर्य नेपालद्वारा ३ सरकारी अस्पताललाई ६५ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २ गते १३:०२

सूर्य नेपालद्वारा ३ सरकारी अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको छ।

कम्पनीले त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल स्थित राष्ट्रिय ट्रमा सेन्टर र निजामति कर्मचारी अस्पताल लाई ल्याटेक्स पन्जा, सर्जिकल मास्क, अनुहार ढाक्ने फेस सिल्ड, व्यक्तिगत सुरक्षा उपकरण पीपीइ र अक्सिमिटर प्रदान गरेको छ।

यी स्वास्थ्य सामग्रीहरु सम्बन्धित अस्पतालका कार्यकारी निर्देशकहरुलाई शनिबार हस्तान्तरण गरिएको हो।

स्वास्थ्य सामग्री हस्तान्तरण र वितरणको कार्यलाई ती अस्पतालमा कार्यरत चिकित्सकहरुको प्रतिनिधित्व सहित काठमाण्डौ स्थित एउटा गैर नाफामूलक संस्था इजीबीओएसए ले सहजीकरण गरेको थियो।

विद्यमान कोभिड १९ महामारीको दोश्रो लहरले मुलुकको स्वास्थ्य प्रणालीमा पारेको उल्लेख्य दवावलाई विचार गरी यस प्रकारको अभूतपूर्व संकटको घडिमा कम्पनीले अन्य विभिन्न क्रियाकलापहरु समेत सञ्चालन गर्ने योजना रहेको छ

यस वर्षको सुररुवातमा नै कम्पनीले ने.रु. ७ करोड रकम (प्रत्येक प्रदेशलाई रु. १ करोडका दरले) ७ वटै प्रदेशहरुमा स्थापनमा गरिएको कोभिड १९ उपचार तथा नियन्त्रण कोष मा योगदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?