+
+
Shares

एनआरएन युकेको संयोजनमा सय अक्सिजन कन्सन्ट्रेटर सहयोग  

रासस रासस
२०७८ जेठ २ गते १४:४०
फाइल तस्वीर

२ जेठ, लन्डन । नेपाली दूतावास लन्डनको प्रमुख संयोजनमा शनिबार बेलायतमा रहेका विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधिबीच एक बैठक सम्पन्न भएको छ । गैरआवासीय नेपाली सङ्घ युकेसहित बेलायतका करिब ६० नेपाली सङ्घसंस्थाको उपस्थिति रहेको बैठकमा नेपालमा बढ्दै गइरहेको कोरोना रोकथाम र नियन्त्रणका लागि पहिलो चरणमा सय वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई सहयोग गर्न घोषणा गरिएको छ ।

बैठकलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले विदेशबाट सबैले सक्दो सहयोग गरिरहेको भए पनि गैरआवसीय नेपाली सङ्घ युकेको पहलमा कम्तीमा सय वटा अक्सिजन कन्सन्ट्रेटर पठाउन पहल गर्न आग्रह गरेका थिए ।

उनले नेपाल पठाउन र त्यहाँ वितरण गर्न नेपाली दूतावासले सहयोग र समन्वय गर्ने हुँदा ढुक्क भएर सहयोग अभियान थाल्न अनुरोध गरे । साथै उनले सहयोग अभियानमा सामग्री सोचेभन्दा बढी नै जम्मा पार्न सकियो भने आवश्यक परे हवाई चार्टर्ड गर्न पनि दूतावासले पहल गर्ने बताए ।

यस्तै गैरआवसीय नेपाली सङ्घ युकेका पूर्वअध्यक्ष एवं समाजसेवी सूर्य गुरुङले आपत्का बेला विदेश बस्ने नेपाली एकजुट हुने गरेका सुनाए । सन् २०१५ मा नेपालमा भूकम्प जाँदा नेपाली दूतावास लन्डनले नेपाली सङ्घसंस्थालाई एकबद्ध गराएर सहयोग पठाइएको उनले स्मरण गरे । उक्त समयमा गुरुङकै पहलमा रु छ लाख आर्थिक सहयोग नेपाल पठाइएको थियो ।

गैरआवासीय नेपाली सङ्घ युकेका अध्यक्ष पुनम गुरुङले देश रोइरहेको बेला हामी हाँस्न सक्दैनौँ र यो विपद्मा सबै एकजुट हुन आग्रह गरिन् । बैठकमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले आ–आफ्नो संस्थाबाट कम्तीमा एउटा अक्सिजन कन्सन्ट्रेटर सहयोग दिने बताएकी थिइन् । सङ्घसंस्थाले एकदुई दिनभित्रै आफूले घोषणा गरेको रकम जम्मा गरी एक हप्ताभित्र सामग्री नेपाल पुर्‍याउने र त्यसका लागि एउटा सानो कार्यदल पनि घोषणा गर्ने अध्यक्ष गुरुङले जानकारी दिइन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?