+
+
Shares

एक पाइलटसहित हेली एभरेष्टका तीन निर्देशकले गरे सगरमाथा आरोहण

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २ गते १४:०८

२ जेठ, काठमाडौं । हेली एभरेष्टका एक पाइलटसहित तीन जना निर्देशकले सगरमाथा आरोहण गरेका छन् ।

मार्केटिङ डाइरेक्टर टासि लाक्पा शेर्पा, अप्रेशन डाइरेक्टर एवम पाइलट कृष्ण प्रसाद गौचन(सोवित) र प्रमोसन डाइरेक्टर फुर्वा छिरिङ शेर्पाले मे ११ -बैंशाख १८) विहान ७ बजे सगरमाथा आरोहण गरेको कम्पनीले जनाएको छ ।

हेली एभरेष्टका प्रबन्ध निर्देशक फुरगेल्जे शेर्पा(फुर्वा)का अनुसार आरोहणमा सहभागीमध्ये टासी लाक्पाले विश्वभर रहेका ८ हजारभन्दा माथिका सबै हिमाल चढी कीर्तिमान राखिसकेका छन् ।

साथै तीन जना दाजुभाइले एक साथ आरोहण गरेको रेकर्ड समेत उनको नाममा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?