
२ जेठ, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेका अनुसार ११०७ जनाको नमुना परीक्षण गर्दा ८०५ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये ३६५ जना बाँके जिल्लाका छन् भने ४४० जना बाहिरी जिल्लाका छन् ।
भेरी अस्पतालको प्रयोगशालामा ७८० नमुना परीक्षण गर्दा ६२२, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर प्रयोगशालामा १४७ नमुना परीक्षण गर्दा ८३ र बागेश्वरी प्रयोगशालामा १८० नमुना परीक्षण गर्दा १०० जनामा संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए ।
एकैदिन ५११ डिस्चार्ज
बाँकेमा आइतबार एकैदिन ५११ जना कोरोना मुक्त भएका छन् । जसमध्ये २२३ जना महिला र २८८ जना पुरुष छन् ।
अस्पताल तथा आइसोलेसन सेन्टरमा ४७३ संक्रमित
डीसीसीएमसीको तथ्यांक अनुसार अस्पताल तथा संस्थागत आइसोलेसन गरी बाँकेमा ४७३ जना संक्रमित उपचाररत छन् ।
जसमध्ये १६६ महिला र ३०७ पुरुष गरी ४७३ जना संक्रमित उपचाररत रहेको ओलीले बताए ।
होम आइसोलेसनमा २८३९ संक्रमित
बाँकेमा २८३९ जना संक्रमित होम आइसोलेसनमा छन् । डीसीसीएमसीका अनुसार १२४१ महिला र १५९८ पुरुक्ष गरी कुल २८३९ संक्रमित होम आइसोलेसनमा छन् ।
प्रतिक्रिया 4