+

गोलकिपरले इन्जुरी टाइममा गोल गरेर लिभरपुललाई जिताए, बनाए कीर्तिमान

२०७८ जेठ  ३ गते ८:४२ २०७८ जेठ ३ गते ८:४२
गोलकिपरले इन्जुरी टाइममा गोल गरेर लिभरपुललाई जिताए, बनाए कीर्तिमान

३ जेठ, काठमाडौं । गोलकिपर एलिसन बेकरले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा वेष्टब्रोममाथि २-१ को पुनरागमन जित हात पारेको छ ।

यस जितपछि लिभरपुलले शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायमै राखेको छ । अंक तालिकामा पाँचौ स्थानमा रहेको लिभरपुलले चौथो स्थानको चेल्सीसँग अंक दूरी १ मा झारेको छ ।

३६ खेलबाट लिभरपुलको ६३ अंक छ । समान खेलबाट चेल्सीको ६४ अंक छ । अर्को चरणा तेस्रो स्थानको लेस्टर र चेल्सी खेल्ने भएकाले पनि लिभरपुललाई फाइदा छ ।

घरेलु मैदान हल रोब्सन कानुले १५औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर ३३औं मिनेटमा मोहम्मद सालाहले लिभरपुलका लागि बराबरी गोल फर्काए ।

निर्धारित ९० मिनेटसम्म खेल बराबरीमै थियो । तर थप गरिएको इन्जुरी टाइमको पाँचौ मिनेटमा गोलकिपर एलिसन अघि बढेर ट्रेन्ट अलेक्जान्डर बर्नोल्डको कर्नरमा हेडर गोल गर्दै लिभरपुललाई जित दिलाए । उनी प्रिमियर लिगमा लिभरपुलका लागि गोल गर्ने पहिलो गोलकिपर समेत बने ।

प्रिमियर लिग लिभरपुल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय