+

युरोकपका लागि फ्रेन्च टिम घोषणा, बेन्जामा पनि समेटिए

२०७८ जेठ  ५ गते ६:३३ २०७८ जेठ ५ गते ६:३३
युरोकपका लागि फ्रेन्च टिम घोषणा, बेन्जामा पनि समेटिए

५ जेठ, काठमाडौं । फरवार्ड करिम बेन्जामालाई समेट्दै फ्रान्सले युरोकप खेल्ने टिम घोषणा गरेको छ । मुख्य प्रशिक्षक डिडियर डेसच्याम्पसले युरोकपका लागि २६ सदस्यीय टोली घोषणा गर्दा बेन्जामाले पुनरागमन गरेका हुन् ।

२०१५ नोभेम्बरमा सेक्स स्क्यान्डलमा फसेपछि उनलाई टिमबाट हटाइएको थियो । त्यसैको कारण बेन्जामा सन् २०१६ मा घरेलु मैदानमा भएको युरोकपमा टिममा परेका थिएनन् । उनी २०१८ को विश्वकपमा पनि टिममा पर्न असफल भएका थिए ।

तर युरोकप मार्फत बेन्जामाले फ्रान्सेली टिममा पुनरागमन गरेका छन् । उनले यस सिजन स्पानिस क्लब रियल मड्रिडका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । बेन्जामाले पछिल्लो पटक सन् २०१५ अक्टोबरमा फ्रान्सका लागि खेलेका थिए ।

यस सिजन उनले ला लिगामा रियलका लागि २२ गोल गरेका छन् । यस्तै फ्रान्सका लागि अहिलेसम्म ८१ खेल खेलेका उनले २७ गोल गरेका छन् ।

बेन्जामासँगै फ्रेन्च टिममा ८ फरवार्ड छन् । यस्तै ३ गोलकिपर ९ डिफेण्डर र ६ मिडफिल्डर टिममा छन् । २२ वर्षीय डिफेण्डर युल्स कोण्डे पनि टिममा परेका छन् । उनले डेब्यु गर्न बाँकी छ ।

सन् २०१८ मा विश्वकप जित्दाको १४ खेलाडी अहिले फ्रेन्च टिममा रहेका छन् ।

मिनी विश्वकपको रुपमा परिचित युरोकपको १६औं संस्करण युरोपको विभिन्न देशका ११ शहरमा हुँदैछन् । प्रतियोगिताको ६०औं वर्षगाँठको रुपमा यसपटक धेरै देशमा युरोकप हुन लागेको छ ।

२६ सदस्यीय फ्रान्सेली टिम

गोलकिपर :  ह्युगो लोरिस, स्टिभ मनडान्डा, माइक माइनान

डिफेण्डर : लुकास डिग्ने, लिओ डुबोइस, लुकास हर्नान्डेज, प्रसनेल किमपेम्बे, युल्स कोन्डे, क्लेमेन्ट लेङगलेट, बेन्जामिन पाभार्ड, राफेल भरान, कोर्ट जुमा

मिडफिल्डर : ए गोलो कान्टे, थोमस लेमार, पाउल पोग्वा, एड्रिएन राबिओट, माउसा सिसोको, कोरेन्टिन टोलिसो

फरवार्ड : विसम बेन येडर, करिम बेन्जामा, किंग्सले कोमन, उसमान डेम्बेले, ओलिभर जिरुड, एन्टोनी ग्रीजमन, किलियन एमबाप्पे, मार्कुस थुराम

करिम बेन्जामा फ्रान्स युरोकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय