Comments Add Comment

सुरक्षा लेख्छिन्–‘मन बार’ कपी भन्ने थाहा पाउँदा मन खुम्चिएको छ’

आफू अभिनित सर्ट मुभी ‘मन बार’ हिन्दी सर्ट मुभी ‘नामर्द’को हुबहु कपी भएको थाहा भएपछि नायिका सुरक्षा पन्तले दुःख व्यक्त गरेकी छिन् । उनले, सामाजिक संजालमा स्टाटस कोर्दै यो कुरा थाहा पाउँदा आफूलाई निकै दुःख लागेको र यस्तो कुरा थाहा भएको भए काम गरिदैनथ्यो होला भनेर उल्लेख गरेकी छिन् ।

यो पनि पढ्नुहोस नेपाली सर्ट फिल्म ‘मन बार’ हिन्दी सर्ट फिल्म ‘नामर्द’को कपी

उनले लेखेकी छिन्–‘कुनै आइडिया मन परेर काम गरिन्छ । अनी यस्तो गलत हर्कतले गर्दा आफ्नो कामप्रति कहिलेकाही मन खुम्चिन पुग्छ । व्यक्तिगत रुपमा आइडिया हुबहु कपी गर्ने कुराको म घोर विरोधी हुँ । त्यसैले अनविज्ञ भई यस माहोलको एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु ।’

उनले इन्टरनेटका सम्पूर्ण कन्टेन्ट हेर्न नसकिने भन्दै यस्तो फेरि नहोला भन्न नसक्ने पनि उल्लेख गरेकी छिन् । सुरक्षाले लेखेकी छिन्–‘सायद, काम गर्नु अघि कलाकार वा अन्य टिमले बिषय कपी हो या होइन भन्ने प्रश्न लेखकको सम्मानमा ठेस नपुर्याई कसरी राख्न सक्ला ? सोच्नुपर्ने कुरा हो यो ।’

सुरक्षाले यो सर्ट मुभीको दोश्रो पार्ट पनि बनाउने कुरा उठेको तर आफू भने यसमा काम नगर्ने मनसायमा पुगेको लेखेकी छिन् । उनले यो पाठ आफूले मात्र नभएर सम्पूर्ण टिमले नै मनन गर्न आवश्यक रहेको पनि उल्लेख गरेकी छिन् ।

उनले अन्तिममा लेखेकी छिन्–‘टिमले राम्रो काम गरेको छ भन्ने कुरा पहिले कलाकारहरुबाट नै थाहा हुन्छ भने टिमले काम राम्रो नगरेको कुरा पनि कलाकारबाटै थाहा हुने हो । यसैले, कलाकारहरु एकदमै इमान्दार हुन जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment