Comments Add Comment

गण्डकी प्रदेशमा थप २१ जना संक्रमितको मृत्‍यु

६ जेठ, काठमाडौँ । गण्डकी प्रदेशमा थप २१ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार मृतकमध्‍ये ७ जना कास्कीका, ५ जना नवलपरासी पूर्वका, ४ जना स्‍याङजाका, २/२ जना गोरखा र बागलुङका तथा १ जना तनहुँका छन् ।

चितवनमा उपचाररत कलेज अफ मेडिकल साइन्समा नवलपरासी पूर्व कावासोती नगरपालिका-१३ का ४६ वर्षीया महिलाको मंगलबार मृत्‍यु भएको छ ।

यस्तै भरतपुर अस्पतालमा उपचाररत कावासवचती नगरपालिका-३ का ६१ वर्षीय पुरुषको बुधबार, गैँडाकोट नगरपालिका २ का ७३ वर्षीय पुरुषको बुधबार, विणय त्रिवेणी गाउँपालिका-२ की ४७ वर्षीय महिलाको मृत्‍यु भएको छ ।

यस्तै नवलपरासी पुर्वकै गैँडाकोट नगरपालिका १२ का ५२ वर्षीय पुरूषको चितवन मेडिकल कलेजमा उपचारको क्रममा बुधबार मृत्‍यसु भएको छ ।

यस्तै गोरखाको आरूघाट गाउँपलिका-५ का ८३ वर्षीय पुरुषको मंगलबार काठमाडौँको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्‍यु भएको छ भने गोरखाकै शहीद लखन गाउँपालिका- ६ का ४४ वर्षीय पुरूषको मंगलबार काठमाडौं लैजाने क्रममा बाटैमा मृत्‍यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा महानगरपालिका-१३ कास्कीकी ६३ वर्षीय महिलाको बुधबार र पोखरा महानगर-१३ कास्कीका 78 वर्षीय पुरूषको बिहीबार मृत्‍यु भएको छ ।

यस्तै गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा महानगर-१७का ५७ वर्षीय पुरुषको बिहीबार, पोखरा महानगरपालिका-१२ का ७१ वर्षीय पुरूषको बुधबार मृत्‍यु भएको छ भने पोखरा महानगरपालिका-१२ कास्कीकै ७९ वर्षीय पुरुषको बिहीबार होम आइसोलेशनमा उपचारको क्रममा मृत्‍यु भएको छ ।

यस्तै पोखरा महानगरपालिका-१२ का ५८ वर्षीय पुरूषको बुधबार मणिपाल अस्पताललमा उपचारको क्रममा मृत्‍यु भएको छ भने पोखरा महानगरकै ७८ वर्षीय पुरुषको चरक अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको छ ।

यस्तै गल्‍याङ नगरपालिका-५ स्याङजाका ८१ वर्षीया पुरुषको गल्‍याङ नगर अस्पतालमा उपचारको क्रममा बुधबार , कालीगण्डकी गाउँपालिका-२ का ९० वर्षीय पुरूषको कालीगण्डकी अस्पतालमा आइतबार, पुतलीबजार नगरपालिका २ का ५० वर्षीय पुरूषको पोखरा स्वास्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार र चापाकोट नगरपालिका-६का
६० वर्षीय पुरूषको गण्डकी मेडिकल कलेजमा बुधबार मृत्‍यु भएको छ ।

यस्तै बागलुङको ढोरपाटन नगरपालिका-१ का ३८ वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्‍यु भएको छ भने बागलुङकै गलकोट नगरपालिका ६का ७० वर्षीय पुरूषको गण्डकी मेडिकल कलेजमा उपचाररको क्रममा बिहीबार मृत्‍यु भएको छ ।

यस्तै गण्डकी मेडिकल कलेजमा उपचाररत तनहुँको व्‍यास नगरपालिका १३ का ८० वर्षीय पुरूषको बुधबार मृत्‍यु भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या ४७३ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment