+
+
Shares

गोर्खा ब्रुअरी प्रालिले २० करोडको स्वास्थ्य सामग्री सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ६ गते १८:०८

गोर्खा ब्रुअरी प्रालिले थप दुई संस्थासँगको सहकार्यमा कोरोना भाइरस (कोभिड–१९) को उपचार, नियन्त्रण र रोकथामका लागि सरकारलाई २० करोड बढी रकमको स्वास्थ्य सामग्री प्रदान गर्ने भएको छ ।

सिंगापरस्थीत तामासेक फाउण्डेसन, लोटस लाइफ फाउण्डेसनसँगको संयक्त सहकार्यमा कोरोना संक्रमितको परीक्षण र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीहरु भेन्टिलेटर, वाइप्याप मेसिन, पल्स अक्सिमिटर, फर्टिच्यूट किट्स र स्वाब्स नेपाल सरकारलाई प्रदान गर्न लागेको हो ।

उक्त सामग्री २० करोड भन्दा बढी रुपैयाँको हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?