Comments Add Comment

पहिलो पटक युरोकपमा छनोट भएको नर्थ मेसेडोनियाको टिम घोषणा

७ जेठ, काठमाडौं । आगामी महिना सुरु हुने युरोप फुटबलका लागि नर्थ मेसेडोनियाको टोली घोषणा भएको छ । युरोकपको लागि पहिलो पटक घोषणा भएको यो टिमका लागि मुख्य प्रशिक्षक इगोर अंगेलोभ्स्कीले २६ सदस्यीय टोली घोषणा गरेका हुन् । मेसेडोनियाले खेल्ने लागेको यो पहिलो ठूलो प्रतियोगिता समेत हो ।

जुन ११ देखि जुलाई ११ सम्म हुने युरोकपमा गोरन पाण्डेभ नर्थ मेसेडोनियाका सबैभन्दा ठूलो स्टार हुन् । कप्तान समेत रहेका यी ३७ वर्षीय भेट्रान खेलाडी सर्वाधिक खेल खेल्ने र गोल गर्ने खेलाडी समेत हुन् । उनी इटालियन क्लब जेनोओबाट खेल्छन् ।

यस्तै,  इटलीकै नापोलीबाट खेल्ने एलजिफ एलमास पनि टिममा छन् । नर्थ मेसेडोनिया नेदरल्याण्ड्स, अष्ट्रिया र युक्रेनसंगै समूह डीमा छ ।

२६ सदस्यीय टोली

गोलकिपर : स्टोल दिमिट्रिभ्स्की, दामजान सिस्कोभस्की, रिस्ते जानकोभ

डिफेण्डर : स्टेफान रिस्तोभ्स्की, भिसार मुस्लिउ, एगजोन बेजटुलाई, किरे रिस्तेभ्स्की, गोको जाइकोभ, दार्को भेल्कोभ्सकी, एज्डजान अलिओस्की

मिडफिल्डर : अरिजान अदेमी,एनिस बार्ढी, स्टेफान स्पोभ्स्की, बोबान निकोलोभ, तिहोमिर कोस्टादिनोभ, फेहरान हासानी, एलजिफ एलमास, डानिएल अभ्रामोभ्स्की, डार्को कर्लिनोभ, मारजान राडेस्की

फरवार्ड : गोरन पाण्डेभ, एलेक्जान्डर ट्राजकोभ्सकी, इभान ट्रिकोभ्स्की, भ्लाट्को स्टोजानभ्स्की, क्रिस्ट भेलकोभ्स्की, मिलन रिस्तोभ्स्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment