
बलिउडकी चर्चित पाश्र्व गायिका श्रेया घोषाल आमा बनेकी छिन् । बिहे गरेको ६ बर्षपछि श्रेया आमा बनेकी हुन् । श्रेयाले शनिबार छोरालाई जन्म दिएकी हुन् ।
३७ बर्षकी यी गायिकाले आमा बनेपछि सामाजिक संजालबाट आफ्ना फ्यानलाई यो खुशीको खबर शेयर गरेकी छिन् । उनले लेखेकी छिन्–‘इश्वरले हामीलाई एक छोराको आर्शिवाद दिनुभएको छ । यो यस्तो भावुक पल हो, जुन मैले पहिले महशुश गरेकी थिइनँ । शिलादित्य र म मेरो परिवारको साथमा निकै खुशी छौं ।’
श्रेयाले आफूहरुलाई आर्शिवाद दिने सबैलाई धन्यवाद दिएकी छिन् । गायिका घोषालले ६ बर्ष अगाडि शिलादित्यसँग बिहे गरेकी थिइन् ।
गायिका घोषालले मार्च महिनामा आफू गर्भवती भएको जानकारी सामाजिक संजालबाट दिएकी थिइन् । सन् २०१५ को फ्रेवुअरी ५ मा श्रेयाले बिहे गरेकी थिइन् । श्रेयाले ‘बैरी पिया, छलक छलक, मोरे पिया, दिल डोला रे’ जस्ता हिट गीतमा स्वर दिएकी छिन् ।
प्रतिक्रिया 4