Comments Add Comment

विपक्षी गठबन्धनका सांसद रिट हाल्न सर्वोच्च जाँदै

१० जेठ, काठमाडौं । विपक्षी गठबन्धनका सांसदहरु संसद विघटनविरुद्ध रिट हाल्न सोमबार सर्वोच्च अदालत जाँदैछन् । रिट हाल्नका लागि आवश्यक सबै कागजपत्र आइतबार नै जुटाएका उनीहरु सोमबार बिहान सर्वोच्च जान लागेका हुन् ।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले कार्यालय समय सुरु हुनासाथ रिट हाल्न सर्वोच्च अदालत जाने बताइन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर गर्न लागेका हुन् ।

रिट हाल्ने प्रयोजनका लागि कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र–बाबुराम समूह र राष्ट्रिय जनमोर्चाले आफ्ना सांसदहरुको हस्ताक्षर, नागरिकताको प्रतिलिपि लगायतका कागजपत्र संकलन गरेका थिए ।

सांसदहरुले व्यक्तिगत रुपमा रिट दायर गर्ने माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।

रिटमा धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको जिकीर गरिएको छ । कांग्रेस नेता रमेश लेखकका अनुसार रिटमा देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment