
अमेरिकामा बस्दै आएका गायक बालकृष्ण न्यौपाने र गायिका गीता शर्माको स्वरमा ‘चञ्चले मन’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा बालकृष्णकै शब्द तथा संगीत छ । फिल्मी शैलीमा तयार पारिएको यो गीतको छायांकन काठमाण्डौ उपत्यकाका विभिन्न क्षेत्रमा गरिएको छ ।
सिर्जन बरालले निर्देशन गरेको यो भिडियोमा पुजन घिमिरे र पुष्कर दाहालको मोडलिङ हेर्न सकिन्छ । दीपक गिरीको छायांकन रहेको भिडियोमा अमृत चापागाँइको सम्पादन छ ।
गायक न्यौपानेले यसअघि ‘सोल्टिनी, बाहार बनी तिमी आयौं, अब यी अल्छी हातमा’ लगायतका गीत सार्वजनिक गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4