+
+

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा १४६ सांसद (फोटो फिचर)

विकास श्रेष्ठ र आर्यन धिमाल विकास श्रेष्ठ र आर्यन धिमाल
२०७८ जेठ १० गते १७:०४

१० जेठ, काठमाडौं । संसद विघटनविरुद्ध रिट दायर गर्न विपक्षी गठबन्धनमा रहेका सांसदहरु सोमबार सर्वोच्च अदालत पुगेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न समर्थन जनाएका १४९ सांसदमध्ये १४६ जना सोमबार संसद विघटनविरुद्ध रिट दायर गर्न सर्वोच्च अदालत पुगेका हुन् ।

सिंहदरबारमा भेला भई रिटमा हस्ताक्षर गरेपछि सांसदहरु सर्वोच्च अदालत पुगेका थिए । उनीहरुले देउवालाई प्रधानमन्त्री बनाउन सांसदहरुले गरेको समर्थन वैधनिक रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति नगर्नु असंवैधानिक भएको दावी गरेका छन् ।

रिट निवेदन दिन सांसदहरु सर्वोच्च अदालत परिसरमा लाइन बसेका थिए । एकैपटक ठूलो संख्यामा सांसदहरु भेला भएका, सञ्चारकर्मीको संख्या पनि धेरै रहेका कारण सर्वोच्च परिसर भिडभाडयुक्त बनेको थियो ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?