Comments Add Comment

बढी मूल्यमा अक्सिमिटर बेचेको आरोप लागेका ८ जना थुनामा

१० जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमितका लागि उपयोगी मानिने अक्सिमिटर बढी मूल्यमा बेचेको आरोप लागेका ८ जना पुर्पक्षका लागि थुनामा गएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले शिखर श्रेष्ठ, खुमराज उपाध्याय, पुष्कर घिमिरे, विशाल आचार्य, जगदीश प्रसाद आचार्य, सन्तोष भण्डारी र सुरज थापालाई थुनामा पठाउन आदेश दिएका हुन् ।

पराजुलीको आदेशपछि उनीहरुलाई पुर्पक्षका लाग केन्द्रीय कारागार, सुन्धारा पठाइएको छ । प्रशासन र प्रहरीको संयुक्त अनुगमनका क्रममा उनीहरुले पक्राउ परेका थिए ।

सीडीओ पराजुलीका अनुसार महामारीको समयमा कालोबजारी गर्नेविरुद्ध प्रशासन निर्मम बनेको छ । त्यही नीति अनुरुप उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो ।

उनले अन्य व्यक्तिलाई पनि महामारीको फाइदा उठाएर कालोबजारी नगर्न चेतनावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment