११ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कैलाली, कञ्चनपुर, दार्चुला र बझाङका गरी ९ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार सबैभन्दा धेरै कैलालीका ५ जना, कञ्चनपुरका २ जना, दार्चुला र बझाङका १÷१ जना संक्रमितको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ४६३ पुगेको छ ।
६१९ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा ६१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट २ हजार २५२ जनाको नमुना परीक्षण गर्दा ६१९ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
मंगलबार थपिएका समेत गरेर प्रदेशभर संक्रमितको संख्या ३६ हजार ७७० पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4