Comments Add Comment

निषेधाज्ञा उल्लंघन गर्ने १,५३८ वटा सवारी कारबाहीमा

१२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ५ सय ३८ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तीमध्ये ४ सय ५६ वटा गाडी र १ हजार ८२ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिइएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिएको प्रहरीले जनाएको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने १ सय ९८ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम २२ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

साथै २ हजार ७ सय ४१ जनालाई रोकी सम्झाइ-बुझाइ छाडिएको छ साथै देशभर सञ्चालित ९६ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत १७ हजार १ सय ६ जनालाई सचेत गराइएको छ ।

कोभिड १९ संक्रमणको रोकथामका लागि नेपाल प्रहरीले ‘तपाईंको मास्क खोई ?’ अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा ९ सय ४० जनालाई निःशल्क मास्क वितरण गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment