+
+
Shares

पर्सामा जेठ २० गतेसम्म निषेधाज्ञा लम्बियो

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १२ गते १९:१५

१२ जेठ, वीरगञ्ज । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सामा जारी निषेधाज्ञा जेठ २० गतेसम्म लम्बिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बुधबार आदेश जारी गर्दै कोरोना संक्रमण अझै नियन्त्रणमा आइनसकेकाले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने जनाएका छन् ।

यसअघि बुधबार नै बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा कायम राख्ने निर्णय गरेको थियो । पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?