+
+
Shares

निषेधाज्ञाको बेला पशुपतिको जग्गामा बनाइएका अवैध संरचना भत्काइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १३ गते १२:४७
गठाघरमा रहेको पशुपति क्षेत्र विकास कोषको जग्गा (फाइल तस्वीर)

१३ जेठ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषको गोठाटारमा रहेको जग्गामा बनाइएको अवैध संरचना प्रहरीले भत्काएको छ । मंगलबार नेपाल प्रहरीले गोठाटारमा बनाइएको करिब २५ वटा टहरा भत्काएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए ।

स्थानीयले रातारात कोषको जग्गा अतिक्रमण गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं, गृह मन्त्रालय र पशुपति क्षेत्र विकास कोषमा समेत सूचना दिएपछि प्रहरी लगाएर उक्त संरचना भत्काइएको हो ।

जसमध्ये ६ वटा भवनमा विद्युत् जडान समेत गरिसकेकोले विद्युत प्राधिकरणलाई लाइन काट्न लगाएर भत्काउने तयारी गरिएको खतिवडाले जानकारी दिए ।

कागेश्वरी मनोहरा वडा नं ८ मा पर्ने सो जग्गामा पछिल्लो निषेधाज्ञामा अवैध संरचना बनाइएको वडाध्यक्ष श्रीकृष्ण प्रसाद चापागाईंले जानकारी दिए । ‘कोषको आग्रहमा प्रशासनले भत्काएको सो संरचना यही निषेधाज्ञाको समयमा बनाइएका हुन् । कोषको जग्गामा अवैध संरचना बनाइएको भन्दै यसको विरोध समेत हुँदै आएको थियो ।’ चापागाईंले अनलाइनखबरसँग भने ।

गोठाटारमा पशुपति क्षेत्र विकास कोषको नाममा ५३४ रोपनी जग्गा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?