Comments Add Comment

मोरङमा थप १० जना संक्रमितको मृत्यु

१३ जेठ, विराटनगर । कोरोना संक्रमणका कारण मोरङका विभिन्न अस्पतालहरुमा थप १० जनाको मृत्यु भएको छ । बिहीबार बिहान ४ महिला र ६ जना पुरुषको मृत्यु भएको हो ।

विराटनगरको नोबेल मेडिकल कलेजमा ५ जना, मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट मेडिकल कलेज र विराटनगरको कोशी अस्पताल कोभिड उपचार युनिटमा २/२ जना, कोशीकै कोभिड–१९ उपचार केन्द्रमा १ जनाको मृत्यु भएको हो ।

नोबेलमा विराटनगर महानगरपालिका–६ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उपचारका लागि जेठ ४ गते भर्ना गरिएका पुरुषको बुधबार राति १२ः१५ बजे मृत्यु भएको हो ।

त्यस्तै मोरङको मिक्लाजुङ गाउँपालिका–९ का ६० वर्षीय पुरुषको बिहीबार बिहान ८ः१५ बजे मृत्यु भएको छ । उनी जेठ ४ गते भर्ना भएका थिए । मोरङको केराबारी गाउँपालिका–७ का ८४ वर्षीया वृद्धा महिलाको विहीबार बिहान ५ः३० बजे मृत्यु भएको छ । उनी बुधबार भर्ना भएकी थिइन् । इटहरी उपमहानगरपालिका–१७ का ५५ वर्षीय पुरुषको बिहीबार बिहान १ः३० बजेतिर मृत्यु भएको हो । उनलाई उपचारका लागि जेठ १० गते भर्ना गरिएको थियो ।

त्यस्तै सप्तरी घर भएका ३४ वर्षीय पुरुषको पनि नोबेल अस्पतालमै आइतबार बिहान मृत्यु भएको छ । उनी वैशाख २७ गते अस्पताल भर्ना भएका थिए ।

विराट शिक्षण अस्पताल उपचाररत विराटनगर–६ की ४८ वर्षीया महिलाको बिहान ५ः३५ बजे मृत्यु भएको छ । विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार उनी जेठ ३ गते भर्ना भएकी थिइन् । यस्तै सुनसरीको गढी गाउँपालिका–३ का ६५ वर्षीय पुरुषको पनि राति १२ः२० बजे मृत्यु भएको छ । उनी जेठ १० गते अस्पताल भर्ना भएका थिए ।

कोशी अस्पतालको कोभिड उपचार युनिटमा उपचाररत विराटनगर–१० का ६५ वर्षीय पुरुषको बिहीबार बिहान ५ बजे मृत्यु भएको छ । उनी जेठ ६ गते भर्ना भएका थिए । सुनसरीको बर्जु गाउँपालिका–४ की ७० वर्षीया महिलाको पनि कोशी अस्पतालमै मृत्यु भएको छ । जेठ ८ गते भर्ना भएकी उनको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो ।

कोशी अस्पतालकै कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–३ की ५६ वर्षीया महिलाको बिहान बिहीबा विहान ४:४० बजे मृत्यु भएको छ । उनी जेठ ५ गते भर्ना भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment