Comments Add Comment

युरोपा कप जितेपछि भिल्लारियल च्याम्पियन्स लिगमा छनोट

१३ जेठ, काठमाडौं । युरोकपको दोस्रो श्रेणीको क्लब फुटबल प्रतियोगिता युराप लिग जितेपछि भिल्लारियल च्याम्पियन्स लिगका लागि छनोट भएको छ ।

गएराती पोल्याण्डको गडान्स्कमा भएको फाइनलमा स्पानिस क्लब भिल्लारियलले इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा ११-१० ले पराजित गरेको हो ।

स्पानिस ला लिगामा सातौं भएको भिल्लारियलले युरोपा लिग जितेपछि विश्वकै चर्चित च्याम्पियन्स लिगमा अर्को सिजनका लागि समूह चरणमै स्थान पक्का गरेको हो । निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयमको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

जहाँ अन्तिममा पेनल्टी प्रहार गरेका युनाइटेडका गोलकिपर डेभिड डे हेअ गोल गर्न चुकेपछि भिल्लारियलले उपाधि जितेको हो । त्यसअघि प्रहार भएको २१ वटै पेनाल्टी गोल भएको थियो ।

सुरुमा दुवै टिमले ५(५ पेनाल्टी प्रहार गर्दा सबै गोल भएपछि थप पेनाल्टी प्रहार भएको थियो । मैदानमा उपस्थित दुवै टिमका १०-१० खेलाडीले पेनाल्टीमा गोल गरेपछि दुवै टिमका गोलकिपरले अन्तिम पेनाल्टी प्रहार गरेका थिए । जहाँ भिल्लारियलका गोलकिपरले गोरेनिमो रुलीले गोल गरे भने डे हेअको पेनाल्टी उनै रुलीले बचाए ।

त्यसअघि खेलकव २९औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएपनि ५५औं मिनेटमा एडिनसन कभानीले युनाइटेडका लागि बराबरी गोल फर्काएका थिए ।

येल्लो सबमरिनको नामले चर्चित भिल्लारियलले कुनै पनि ठूलो प्रतियोगिता जितको यो पहिलो पटक हो । युरोपा लिगमा पहिलो पटक फाइनल पुग्दै भिल्लारियल च्याम्पियन बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment