
१४ जेठ, सुर्खेत । नेपाल चिकित्सक संघ कर्णाली प्रदेशलले नेपालगञ्जको भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि बिहीबार राति भएको आक्रमणको विरोध जनाएको छ ।
संघले कोरोना संटकमा नागरिकको ज्यान बचाउँन लागि परेका स्वास्थ्यकर्मीहरुलाई बाँच्न दिन आग्रह गरेको छ ।
संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दोषीलाई गैरजमानती हिरासतको नियमानुसार कारबाही गर्न माग गरिएको संघका अध्यक्ष डा. नवराज केसीले जानकारी दिए ।
‘कोरोना संकटका बेला ज्यानको प्रवाह नगरी सेवा दिइरहेका स्वास्थ्यकर्मीमाथि आक्रमण हुनुले कानुनी राज्यको धज्जी उडाएको छ,’ अध्यक्ष डा. केसीले भने ‘भेरी अस्पतालको आईसीयू कक्षमा जे भयो त्यो अमानवीय छ, निन्दनीय छ ।’
विज्ञप्तिमा आक्रमणमा संलग्नलाई हदैसम्मको कारबाही गर्न माग गरिएको छ । ‘गैर जमानती हिरासत (जेल विदवाउट बेल) को निमय तत्काल लागू गर्न संघ स्मरण गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया 4