Comments Add Comment

दीप श्रेष्ठलाई कोरोना संक्रमण, अस्पतालमा उपचार हुँदै

गायक तथा ‘दि भ्वाइस अफ नेपाल’का निर्णायक दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना भएका श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको भ्याइस अफ नेपालका अर्का निर्णायक प्रमोद खरेलले जानकारी दिएका छन् । साथै, ‘द भ्वाइस अफ नेपाल’को आधिकारिक फेसबुक पेजमा पनि गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण भएको जानकारी दिइएको छ ।

प्रमोदका अनुसार अहिले श्रेष्ठको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । गायक प्रमोदलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनी हाल संक्रमणमुक्त भइसकेका छन् ।

यस्तै, अर्की कोच तृष्णा गुरुङलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर, उनी पनि कोरोनामुक्त भैसकेकी छिन् ।

कोरोना संक्रमण बढेपछि शोको गत साता र यस साता प्रसारण रोक्ने आयोजकले निर्णय गरेको थियो । आगामी साताबाट शो नियमित प्रसारण गर्ने आयोजकको सोच छ । अगाडिका केही भागहरु पहिले नै छायांकन भएकोले आउँदो साताको शुक्रबारदेखि शो प्रसारण गर्ने मनस्थितिमा आयोजक पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment