Comments Add Comment

‘निषेधाज्ञामा दूध बोक्ने गाडीमा पनि अवरोध’

१५ जेठ, काठमाडौं । निषेधाज्ञाको बेला दूध बोक्ने गाडीहरुलाई पनि रोकिएको भन्दै दूग्ध उत्पादक तथा वितरकहरुले आपत्ति जनाएका छन् ।

डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसनले संयुक्त विज्ञप्ति जारी गर्दै दूध ढुवानी र वितरणमा भएको अवरोध हटाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘बन्द हड्ताल र यस अघिको लकडाउनमा पनि निर्वाध सञ्चालनमा आएको दूधको ढुवानी नरोक्न सरकारको ध्यानाकर्ष गराउन चाहन्छौं,’ संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।

दूधको ढुवानीमा हुने अवरोधले किसानदेखि दूधको उपभोक्तासम्मको चक्र प्रभावित हुने भन्दै अविलम्ब यसलाई सहजीकरण गरिदिन संघ र एशोसिएसनले अनुरोध गरेका छन् ।

शुक्रबार मात्रै काठमाडौं प्रवेश गर्ने दूध बोकेका झण्डै दुई सय गाडीलाई सुरक्षाकर्मीले अवरोध पुर्याएको नेपाल डेरी एशोसिएसनका महासचिव प्रल्हाद दाहालले बताए । दूधको गाडी सहि समयमा सञ्चालन गर्ने वातावरणका लागि आग्रह गर्दै फोन गर्नेहरु धेरै भएको दाहालले बताए ।

‘दूधका गाडी नरोक्न सरकारी निकायलाई हारगुहार गर्दै बस्नु परेको छ, यसअघि कहिल्यै नभोगेको समस्या हामी अहिले भोग्दै छौं,’ महासचिव दाहालले अनलाइनखबरसँग भने । दूधका गाडी ठीक समयमा ठीक ठाउँमा नपुगे दूध बिग्रिने भन्दै दाहालले प्रहरीले ९ बजेपछि मात्रै दूधका गाडी चल्न दिने भन्नु गलत भएको बताए ।

गत चैत १२ गते प्रधानमन्त्रीले नै दूध बोक्ने गाडीलाई एम्बुलेन्स सरह सडकमा गुड्न पाउने घोषणा गरेका थिए ।

यो पनि पढ्नुहोस दूध ढुवानीका साधनलाई सडकमा अब एम्बुलेन्ससरह प्राथमिकता यो पनि पढ्नुहोस बढ्ता नबोल्नुस् ! समातेर लैजाम् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment