Comments Add Comment

संसद विघटनको मुद्दामा न्यायाधीशबारे बहस

१६ जेठ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा आइतबारका लागि बहस सकिएको छ । रिट निवेदक पक्ष र सरकारी वकिलहरुले आइतबार संवैधानिक इजलासका न्यायाधीशमाथि उठेको प्रश्नबारे बहस गरे ।

संवैधानिक इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ नेकपा विभाजनसम्बन्धी मुद्दाको सुनुवाइ गर्ने इजलासमा रहेका कारण अहिले उनले संसद विघटनको मुद्दा हेर्न नहुने रिट निवेदक पक्षका वकिलले बताएका छन् । तर सरकारी वकिलले त्यसको प्रतिवाद गरेका छन् ।

संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाईका लागि तोकिएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment