Comments Add Comment

सगरमाथा क्षेत्रमा विश्वको सबैभन्दा उचाइको फेशन शोको दोस्रो संस्करण हुने

 

विश्वको सबैभन्दा उचाइमा भएको फेशन सोको कीर्तिमान कायम गरेको माउन्ट एभरेस्ट फ्यान रनवेको दोस्रो संस्करण आगामी भदौ—असोज महिनमा हुने भएको छ ।

२०७६ पुस—माघमा भएको कार्यक्रमको पहिलो संस्करणमा गिनिज बुक अफ वल्र्ड रेकर्डबाट विश्व कीर्तिमानको उपाधि प्राप्त भएको थियो ।

भारतको अग्रणी सञ्चार सामग्री निर्माता इन्डिमोल साइन इन्डियाले नेपालका के फिल्म्स र एमई टू फिल्मसँग कार्यक्रमको दोस्रो संस्करण आयोजना गर्नका लागि सहकार्य गर्ने भएको छ ।
सगरमाथा क्षेत्रमा ५,८००० मिटर उचाइमा रहेको स्थानमा कार्यक्रम हुने आयोजकले जनाएको छ, जहाँ वायुमण्डलमा करिब ५० प्रतिशत मात्र अक्सिजन हुनेछ भने तापक्रम माइनस ३० डिग्री सेल्सियस ।

के फिल्म्सका प्रमुख कार्यकारी अधिकृत पङ्कज के गुप्ताले तयार पारेको अवधारणामा विकसित यस कार्यक्रममा उनले नै सहभागीहरूलाई दिशानिर्देश गर्नेछन् । कम्पनीका सीओओ र सीएफओ क्रमशः रमिला नेम्कुल र रिकेन महर्जनले कार्यक्रम आयोजनाको समन्वय गर्नेछन् । एमई टू फिल्म्सका श्रुति अनिन्दिता वर्मा र अमिताभ एस वर्माले कार्यक्रमको निर्देशन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment